News details



काम समान ज्याला असमान: श्रमिक महिलाहरुको गुनासो.

| Sept. 23, 2022, 3:01 p.m.

Image

काठमाण्डौ । महिला पुरुषको काम समान काम हुँदा हुँदै पनि ज्याला असमान रुपले वितरण भैरहेको श्रमिक महिलाहरुको गुनासो रहेको छ ।

विहिवार काठमाण्डौमा भएको महिला श्रमिक र श्रमको अवस्था विषयक कार्यशाला गोष्ठिमा श्रमिक महिलाहरुले उक्त गुनासो पोखेका हुन । उनीहरुले यसरी भैरहेको असमान ज्याला वितरणको विरुद्ध राज्यले नै ठोस कानुन बनाएर कार्वन्यनमा ल्याउनु पर्ने सुझाव समेत दिएका छन ।

कार्यक्रममा सिराहा जिल्ला लहान नगरपालिकाकी गिता देवी सयादले , आफू १५ वर्षको उमेर देखि कृषि मजदुरको रुपमा काम गरेको र अहिलेसम्म पनि साहु बाट ३ किलो धानमा १२ घण्टा काम गर्न बाध्य भैरहेको बताउनु भयो । लगातार काम गर्दा लिखित कागज पनि हुदैन, महिलाले पुरुष भन्दा धेरै काम गर्छन तर तिनै महिलाले असमान ज्याला पाउछन सयादले बताउनु भयो ।

कार्यक्रममा पाल्पा पोखरा थोककी गंगा श्रमिकले १४ वर्ष देखि निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएको र अझसम्म पनि ज्यालामा पुरुष सरह ज्याला नपाएको बताउनु भयो । सोहि काम गर्दा पुरुषले रु १००० पाउने महिलाहरुले रु ३०० पाउने गरेको उँहाको गुनासो छ । कार्यक्रममा मनोरञ्जन क्षेत्रमा कार्यरत एक श्रमिकले मनोरञ्जन क्षेत्रमा श्रम शोषण धेरै हुने , काम समान नभएको र पारिश्रमिक पाउँन पनि गाह्रो भएको बताउनु भयो । कार्यक्रममा ५ महिला श्रमिकहरुले असमान ज्यालाको सवाल उठाएका थिए ।

सो कार्यक्रममा उठेका सवालहरुलाइ सम्बोधन गर्दै श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयकि उपसचिव तथा सूचना अधिकारी चन्द्रकला वलिले आफू मन्त्रालयमा आएको झण्डै डेढ वर्ष भयो र पनि अहिलेसम्म कुनै श्रमिकहरुले पारिश्रमिक नपाएको भनेर आफूलाइ फोन नआएको बताउनु भयो । साथै श्रमिकहरु आफनो समस्या उपर आफै बोल्नु पर्ने र समान ज्याला वितरणको लागि राज्यबाट पुरा सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै जिफन्टका सुर्य बहादुर कुँवरले , श्रम ऐन २०७४ ले सबै श्रमलाइ औपचारिक भनेता पनि कार्वन्यनमा त्यसो नभएको बताउनु भयो । त्यसैगरी ट्रेड युनियन काग्रँेसकि आशा सिंह राठौरले, समान कामको समान ज्यालामा बहस गरेको धेरै भयो तर कार्वन्यन नहुँनु नै चुनौती भएको बताउदै सबै क्षेत्रका श्रमिक महिलाहरु समान ज्यालाको सवालको लागि एक हुनु पर्ने जिकीर गर्नु भयो ।

कार्यक्रममा बुढानिकण्ठ नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रका किरण खड्का,संयुक्त टे्रड युनियन समन्वय केन्द्रकी पूर्व महिला अध्यक्ष उषा देवकोटा ,कामनपा महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकि शान्ता पौडेल लगायतले मन्त्व्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यकममा एक्सन एडकि निशा लामा कार्कीले श्रमिक महिलाहरुको सवालमा भएको रिसर्चको प्रस्तुती गर्नु भयो ।


Get In Touch

Swasa Nepal

Kathmandu

swasanepal@gmail.com

+977 9851154822

Follow Us


© Swasa Nepal. All Rights Reserved.

Designed by Spices